वि.सं.२०८३ जेठ ११ सोमवार
Dish Home Long Ad
Prabhu Bank AD

यसरी नेचर हर्ब्सको कारोबार सुरु

काठमाडौँ । वस्तुको प्रत्यक्ष बिक्री सेवाअन्तर्गत नेचर हर्ब्स इन्टरनेसनलले आफ्नो कारोबार सुरु गरेको छ । काठमाडौंमा आइतबार आयोजित कार्यक्रममा कम्पनीका अध्यक्ष जीबी राईले कारोबार सुरु भएको औपचारिक घोषणा गरे ।

कम्पनीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट असार १७ मा कारोबार गर्ने स्वीकृति प्राप्त गरेको उनले जनाए ।

कार्यक्रममा अध्यक्ष राईले वस्तुको प्रत्यक्ष बिक्री नेपालमा नयाँ भए तापनि विश्व बजारमा धेरै पुरानो भएको बताए । ‘यो व्यवसायबाट लाखौं नेपालीले सुलभ, गुणस्तरीय वस्तु प्राप्त गर्नेछन् भने लाखौंका लागि रोजगारी समेत सिर्जना हुनेछ’, उनले भने, ‘समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षामा यसबाट थोरै भए पनि योगदान हुनेछ ।’

कम्पनीको उपाध्यक्ष नेपाल प्रहरीको पूर्वनायव महानिरीक्षक ९डीआईजी० छवि जोशीले नेचर हर्ब्सले वस्तुको प्रत्यक्ष बिक्रीको ईजाजत प्राप्त गरेको र आजदेखि ग्लोबल प्लान सार्वजनिक गरेकोमा खुसी लागेको बताए ।

नेचर हर्ब्स इन्टरनेशन पिटिई एलटीडी प्रत्यक्ष बिक्री प्रणालीमार्फत नेपाली जैविक हर्वल उत्पादनलाई विश्व बजारमा बिक्री गर्ने पहिलो बहुराष्ट्रिय कम्पनी हो ।

Prabhu Bank AD

सम्बन्धित खवर

ताजा अपडेट

लाेकप्रिय