वि.सं.२०८३ जेठ १७ आइतवार
Dish Home Long Ad
मोटरसाइकल दुर्घटनामा परि एकको मृत्यु, एक घाइते
Prabhu Bank AD

काठमाडौं। काठमाडौंको कोटेश्वरमा गएराति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा मोटरसाइकल पछाडि सवार युवती घाइते भएकी छन्।

मृत्यु हुनेमा मोटरसाइकल चालक भक्तपुरको चाँगुनारायण नगरपालिका–५ का ४२ वर्षीय मधुकर बाला हुन्।

घाइते भएकी मोटरसाइकलमा पछाडि सवार ललितपुरको इमाडोल बस्ने २२ बर्सिया स्नेहा रानाको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ।

प्रदेश ३०२००९ प ७००६ नम्बरको मोटरसाइकल गएराति साढे १ बजे अनियन्त्रित भएर पल्टिएको प्रहरी प्रभाग कोटेश्वरले जनाएको छ।

 

Prabhu Bank AD

सम्बन्धित खवर