वि.सं.२०८३ जेठ १७ आइतवार
Dish Home Long Ad
आज बसन्तपुरमा होलीको रमाइलो
Prabhu Bank AD

काठमाडौं । रंगहरूको पर्व होली आज काठमाडौं उपत्यकासहित देशका पहाडी भू–भागमा मनाइँरहेका छन् ।

विभिन्न ठाउँमा विशेष कार्यक्रमको आयोजना गरेर होली मनाइँदैछ । काठमाडौंको बसन्तपुरमा होली विशेष कार्यक्रम चलिरहेको छ ।

बसन्तपुरमा चीर ठड्याइएको ठाउँ नजिकै होली मेला लागेको छ । युवादेखि वृद्धसम्म होलीमा रमाइरहेका छन् ।

बसन्तपुरको होलीमा सधैं जस्तो यसपटक पनि विदेशी पर्यटकको उल्लेख्य सहभागिता देखिएको छ ।

यही फागुन १५ गते बसन्तपुरमा चीर ठड्याइएको थियो ।बसन्तपुरमा चीर ठड्याइएपछि होली औपचारिक रुपमा सुरु भएको मानिन्छ ।

 

Prabhu Bank AD

सम्बन्धित खवर