काठमाडौं । राष्ट्रपति निर्वाचनमा सहयोग माग्दै रास्वपा कार्यालय पुगे नेम्वाङ
काठमाडौं । फागुन २५ गते हुन लागेको राष्ट्रपति निर्वाचनमा नेकपा (एमाले) का तर्फबाट उम्मेदवार बनेका सुवासचन्द्र नेम्वाङ प्रतिनिधि सभाको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय, बसुन्धारा पुगेका छन् ।
राष्ट्रपति निर्वाचनमा सहयोग माग्दै नेम्वाङ त्यहाँ पुगेका हुन् ।
यसअघि उनी नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय, आलोकनगर पुगेका थिए ।
राष्ट्रपति निर्वाचनमा नेम्वाङ र आठदलीय गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलबीच प्रतिस्पर्धा हुनेछ ।

