वि.सं.२०८३ जेठ १२ मंगलवार
Dish Home Long Ad
नेपाललाई पहिलो सफलता : करण केसीले लिए विकेट
Prabhu Bank AD

 

काठमाडौं । विश्वकप क्रिकेट लिग–२ मा नेपालले यूएईविरुद्ध टस जितेर पहिले फिल्डिङ गरिरहेको छ।

यूएईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले पहिलो ओभरमै सफलता हात पारेको हो।

नेपालका लागि करण केसीले विकेट लिए। केसीले मोहम्मद वासिमको विकेट लिएका हुन्। पहिलो ओभरमा करणले मेडन ओभर फाल्दै १ विकेट लिएका हुन्।

नेपाली कप्तान रोहित पौडेलले टस जितेर घरेलु टोलीविरुद्ध फिल्डिङ गर्ने निर्णय गरेका हुन्। रोहितले लगातार छैठौं पटक टस जितेका हुन्।

आज नेपाली टोलीमा राष्ट्रिय टोलीका पूर्वकप्तान सन्दीप लामिछाने पनि खेल्दैछन्। मौसम ढकाल ९श्याम० घाइते भएपछि सन्दीप उनको स्थानमा खेल्न लागेका हुन्।

अभ्यासको क्रममा काँधमा चोट लागेका कारण मौसमको स्थान सन्दीपले लिएका हुन्।

सर्वोच्च अदालतले नाबालिग बलात्कारको आरोप लागेका सन्दीपलाई विदेश जान अनुमति दिएपछि उनी युएई पुगेका हुन्।

बिहीबार नै आईसीसीले सन्दीपलाई टोलीमा खेल्न स्वीकृतिसमेत दिएको थियो।

Prabhu Bank AD

सम्बन्धित खवर