वि.सं.२०८३ जेठ १२ मंगलवार
Dish Home Long Ad
प्रदेश १ को नाम कोशी राख्ने प्रस्तावमा कांग्रेसले लियो समर्थन फिर्ता
Prabhu Bank AD

काठमाडौं । प्रदेश १ को नाम कोशी राख्न यसअघि प्रदेश सभा बैठकमा दर्ता भएको प्रस्तावमा नेपाली कांग्रेसले समर्थन फिर्ता लिएको छ।

बुधबार बिहान एमालेका सांसद रामबहादुर राना मगर प्रस्तावक र एमालेकै निरन राई र नेपाली कांग्रेसका भूमिप्रसाद राजवंशी समर्थक रहेर कोशी नाम राख्ने प्रस्ताव संसदमा दर्ता भएको थियो।

प्रस्ताव दर्ता भएको केही घन्टापछि कांग्रेसका राजवंशीले प्रदेश सभा सचिवालयमा आफ्नो समर्थन फिर्ता भएको निवेदन दिएका छन्।

पहिलाको प्रस्तावबाट कांग्रेस किन पछि हटेको भन्नेचाहिँ खुलाइएको छैन।

प्रदेश १ को किरात लिम्बुवान सगरमाथा राख्न प्रदेश सभामा अर्को प्रस्ताव पनि दर्ता भएको छ।

नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीका सांसदहरू मिलेर किरात लिम्बुवान सगरमाथा नामसहित प्रस्ताव दर्ता गरेको एकीकृत समाजवादीका नेता राजेन्द्र राईले बताए।

जनता समाजवादी पार्टीले पनि एकीकृत समाजवादीकै प्रस्तावमा समर्थन जनाएको छ।

प्रदेश सभामा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन्।

बहुपहिचानसहितको नाम प्रस्ताव गरेर आफूहरूले चुनावमा गरेको वाचा पूरा गरेको एकीकृत समाजवादीका नेता राईले बताए।

‘भोट माग्दा पहिचान भन्दै माग्ने अनि निर्णय गर्ने बेलामा अर्कै गर्ने काम छल हो। हामी त्यसो गर्ने पक्षमा छैनौं,’ राईले भने।

 

 

Prabhu Bank AD

सम्बन्धित खवर