काठमाडौं । आर्थिक वर्ष २०७९ ०८० को माघ महिनासम्ममा जीवन बीमा कम्पनीहरुको व्यवसाय २ प्रतिशतले बढेर ८३ अर्ब ३९ करोड पुगेको छ। अघिल्लो वर्ष माघ मसान्तसम्म जीवन बीमा कम्पनीले ८१ अर्ब ३० करोडको व्यवसाय गरेका थिए।
बीमा कम्पनीहरुले माघ महिनासम्ममा १ करोड ४२ लाख ६० हजार १३९ वटा बीमालेख बिक्री गरी ८३ अर्ब ३९ करोड १४ लाख रुपैयाँ व्यापार गरेका हुन्। माघ एक महिनामा मात्र जीवन बीमा कम्पनीहरुले १६ अर्ब ४५ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् भने ६६ अर्ब ९३ करोड रुपैयाँ नवीकरण बीमा शुल्क आर्जन गरेका छन्।
चालू आवको माघ मसान्तमा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले व्यवसाय गरेको छ। नेपाल लाइफले २१ अर्ब ६४ करोड ६८ लाख रुपैयाँ, एलआइसी नेपालले १० अर्ब २२ करोड ६० लाख रुपैयाँ, नेशनल लाइफले ८ अर्ब ९८ करोड ३१ लाख रुपैयाँ व्यवसाय गरेको छ।
त्यसैगरी रिलायन्स लाइफले १ अर्ब ७८ करोड, राष्ट्रिय बीमा संस्थानले ६ अर्ब ४८ करोड, सूर्यज्योति लाइफको ४ अर्ब ८६ करोड, युनियन लाइफको ४ अर्ब ५४ करोड, गुराँस लाइफले १ अर्ब ७७ करोड, सानिमा लाइफको १ अर्ब ४८ करोड, प्रभु लाइफको १ अर्ब २२ करोड र महालक्ष्मी लाइफको ८९ करोड ५१ लाख रुपैयाँ छ।
साथै, एसियन लाइफको ४ अर्ब १० करोड, सिटिजन लाइफको ३ अर्ब १४ करोड, मेट लाइफको २ अर्ब ९० करोड, प्राइम लाइफको २ अर्ब ६३ करोड, आईएमई लाइफको २ अर्ब ३२ करोड, सन नेपाल लाइफको २ अर्ब २९ करोड, रिलायबल नेपाल लाइफको २ अर्ब ८ करोड व्यवसाय गरेका छन्।

