वि.सं.२०८३ जेठ १२ मंगलवार
Dish Home Long Ad
स्वतन्त्र पार्टीका सांसदलाई राष्ट्रपति निर्वाचनमा ‘स्वतन्त्रता’
Prabhu Bank AD

 

काठमाडौं। रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदलाई राष्ट्रपति निर्वाचनमा कसलाई मत दिने भन्ने कुरामा पार्टीले ह्विप नलगाउने भएको छ। अर्थात् मत दिन उनीहरूलाई ‘स्वतन्त्रता’ दिइने तयारी छ।

फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र एमाले उपाध्यक्ष सुवास नेम्वाङ उम्मेदवार छन्। पौडेलले पार्टी सभापति लामिछानेलाई घरमै गएर भेट गरी भोट मागेका छन् भने नेम्वाङको लागि एमाले अध्यक्ष केपी शर्मा ओलीले पत्र नै लेखेर मत मागेका छन् ।

तर, राष्ट्रपति निर्वाचनमा कसलाई मत दिने भन्नेमा पार्टीले कुनै निर्णय नगरेको महामन्त्री मुकुल ढकालले नेपाल भ्युजलाई बताए। ‘यसमा निर्णय नै गर्नुपर्ने जस्तो लाग्दैन’ विराटनगरमा रहेका महामन्त्री ढकालले भने–‘राष्ट्रपति पार्टीले ह्विप लगाएर छान्ने नै होइन, यो स्वतन्त्रताको विषय हो।यसमा मिडियाले पनि भूमिका खेलिदिनुपर्‍यो।’

राष्ट्रपति निर्वाचनको माहोल बनिसक्यो रास्वपा अनिर्णित किन रु भन्ने प्रश्नमा महामन्त्री ढकाल भन्छन्– ‘हामी यो कुरामा स्पष्ट छौं कि, यो निर्णय गर्ने, ह्विप लगाउने, कसलाई जिताउने कसलाई हराउने विषय नै होइन। जनताले जिताएर पठाएका प्रतिनिधिलाई आफ्नो विवेक प्रयोग गर्न दिऊँ भन्ने लाग्छ।’

संसद्को चौथो दल राष्ट्रिय स्वतन्त्र पार्टीसँग प्रतिनिधिसभामा उपसभामुखसहित १९ सांसद छन्। राष्ट्रियसभा र प्रदेशसभामा कुनै पनि सांसद छैनन्। रास्वपाको जम्मा मतभार एक हजार पाँच सय ८० छ।

Prabhu Bank AD

सम्बन्धित खवर