वि.सं.२०८३ जेठ १२ मंगलवार
Dish Home Long Ad
सन्दीपलाई तत्काल यूएई पठाइने, आइसीसीसँग अनुमति माग्ने तयारी
Prabhu Bank AD

 

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई यूएईमा जारी त्रिकोणात्मक शृङ्खलामा भाग लिन नेपाल क्रिकेट संघ (क्यान) ले तत्काल पहल सुरु गर्ने भएको छ। सर्वोच्च अदालतले क्रिकेटर सन्दीपविरुद्ध जबरजस्ती करणीको मुद्दामा धरौटीमा छोड्ने उच्च अदालत पाटनको निर्णय सदरसहित झन् खुकुलो बनाउँदै विदेश जान दिने निर्णय गरेपछि अन्य प्रक्रियाहरू पूरा गर्न थालिएको हो।

हिजो सर्वोच्च अदालतले सन्दीपमाथि विदेश भ्रमणको प्रतिबन्ध फुकुवा गरेपछि उनलाई यूएइ जान बाटो खुलेको हो। सर्वोच्चले सन्दीपको रोक्का भएको राहदानी फुकुवा गर्न पनि आदेश दिएको छ।

नेपाल क्रिकेट संघ क्यानका प्रवक्ता दुर्गा पाठकले आइसीसीसँग अनुमति लिएर अन्य प्रक्रियाहरू पूरा गरी सन्दीपलाई यूएई पठाइने जानकारी दिए।

पाठकले नेपाली टिममा सन्दीपलार्ई थप्नका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) मा अनुमति माग्ने बताए। उनले भने ‘हामी आजै आइसीसीमा पत्र पठाउँछौँ । उताबाट अनुमति आएपछि टिम म्यानेजरसँग सल्लाह गरेर निर्णय लिइन्छ।’

नेपालको टिम शनिबार यूएई भ्रमणका लागि प्रस्थान गरेको थियो । नेपालले हिजो आफ्नो पहिलो म्याच पपुवा न्यूगिनीसँग खेलेको थियो। ४ विकेटले नेपालले जितेको थियो।

उच्च अदालतको आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चमा निवेदन दिएको थियो । त्यस्तै विदेश जान पाउनुपर्ने माग गर्दै सन्दीपले पनि सर्वोच्चमा निवेदन दिएका थिए।

दुवै निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीशहरू सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले सोमबार सन्दीपलाई विदेश जान पाउने अनुमति दिएको हो। सर्वोच्च अदालतको फैसलामा ’विदेश गएको अवस्थामा फर्केको १५ दिनभित्र जिल्ला अदालत काठमाडौंमा जानकारी दिनू’ भनिएको छ ।

Prabhu Bank AD

सम्बन्धित खवर