वि.सं.२०८३ जेठ १२ मंगलवार
Dish Home Long Ad
८ दलले १९ फागुनमा बोलाए प्रदेश सांसदहरुको भेला
Prabhu Bank AD

काठमाडौं । नेपाली कांग्रेस, माओवादी केन्द्रसहितका ८ राजनीतिक दलले १९ फागुनमा प्रदेश सांसदहरुको भेला बोलाएका छन् ।

राष्ट्रपति चुनावमा एक ठाउँमा रहेका कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाले प्रदेश सांसदहरुको भेला बोलाएका हुन् ।

सोमबार ८ दलीय गठबन्धनले बनाएको कार्यदलको बैठक बसेको थियो । कांग्रेस उपसभापति पूर्णबहादुर खड्का नेतृत्वमा रहेको कार्यदलको बैठकले सांसदहरुको भेला बोलाउने निर्णय गरेको जनमत पार्टीका उपाध्यक्ष तथा कार्यदल सदस्य अब्दुल खाँले जानकारी दिए ।

Prabhu Bank AD

सम्बन्धित खवर