काठमाडौं । नेकपा एमालेले सरकारबाट बाहिरिने निर्णय गरेको छ । उसले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ ।
एमाले सचिवालयको बैठकले सत्ता गठबन्धनमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विश्वासघात गरेको निष्कर्ष निकाल्दै सरकारबाट बाहिरिने निर्णय गरेको हो ।
बैठकले पार्टीबाट मन्त्री बनेका सबैलाई फिर्ता बोलाएको छ । प्रधानमन्त्री प्रचण्डले परराष्ट्रमन्त्री विमला राई पौडेललाई जेनेभा जान रोक लगाएपछि एमालेले आज सचिवालयको बैठक बोलाएको थियो ।

