वि.सं.२०८३ जेठ १२ मंगलवार
Dish Home Long Ad
सिंहदरबार भित्र क्यान्टिनमै म्याद सकिएका खानेकुरा, सञ्चालकलाई ३ लाख जरिवाना
Prabhu Bank AD

 

काठमाडौं । सिंहदरबारभित्र रहेको केन्द्रीय क्यान्टिनमा बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमन गर्दा म्याद सकिएका खानेकुरा भेटिएका छन्।

क्यान्टिनमा खानयोग्य अवधि सकिएका र म्याद सकिएका मसला तथा दुग्धजन्य पदार्थ भेटिएको विभागको भनाइ छ।

विभागले आइतबार केन्द्रीय क्यान्टिनमा आकस्मिक अनुगमन गरेको थियो। विभागका बजार निरीक्षण अधिकृत टोलीले अनुगमन गर्दा क्यान्टिनमा दुर्गन्धित मासु र तरकारीसमेत फेला परेको थियो।

खान योग्य नभएका सबै चिजबिज तत्काल नष्ट गरिएको विभागले जनाएको छ।

साथै उक्त क्यान्टिन सञ्चालन गर्ने कञ्चन चमेना गृहका उत्तम भट्टराईलाई उपभोक्ता हित विपरीत कसुर गरेकोले ३ लाख जरिवानासमेत गरिएको विभागले जानकारी दिएको छ।

Prabhu Bank AD

सम्बन्धित खवर