काठमाडौं। सवारी दुर्घटनामा परेर रुपन्देहीका पत्रकार मनोज हितंगाको मृत्यु भएको छ ।
शनिबार राति हितंगा सवार मोटरसाइकललाई बसले ठक्कर दिएको थियो । लु ८ प ९०६८ नम्बरको मोटरसाइकलमा सवार उनलाई राति करिब सवा ११ बजे सुदूरपश्चिम प्रदेश ७ (०२(००१ ख १२२६ नम्बरको महाकाली यातायातको बसले बसपार्क नजिक ठक्कर दिएको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । पाल्पा स्थायी घर भएका हितंगा एनएनटिभीमा कार्यरत थिए ।

