वि.सं.२०८३ जेठ १२ मंगलवार
Dish Home Long Ad
एमालेका नेता पुण्यप्रसाद चौलागाईं मृत फेला
Prabhu Bank AD

 

काठमाडौं। नेकपा एमालेका काठमाडौं जिल्ला सदस्य पुण्यप्रसाद चौलागाईं मृत फेला परेका छन्। सिन्धुपाल्चोक स्थायी घर भएका चौलागाईं पछिल्लो समय गोकर्णेश्वरमा बस्ने गरेका थिए ।

उनी २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट मेयरका प्रत्यासी थिए । चौलागाईंलाई नेपाली कांग्रेसका नेता सन्तोष चालिसेले हराएका थिए । चालिसे अहिले काठमाडौं (३ को संघीय सांसद छन्।

शुक्रबार काठमाडौंको शंखरापुरा–६,साँखुस्थित सलम्बुको जङ्गलमा चौलागाईं मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । यस बारेमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

बिहीबार दिउँसो २ बजेदेखि परिवारको सम्पर्कमा नरहेका चौलागाईंले विष सेवन गरेको र साथमा ‘सुसाइट नोट’ समेत भेटिएको बताइएको छ । चौलागाईंको शव अहिले महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा रहेको स्थानीय एमाले नेताले जानकारी दिए।

 

Prabhu Bank AD

सम्बन्धित खवर