वि.सं.२०८३ जेठ १२ मंगलवार
Dish Home Long Ad
सन्दीप यूएई जान पाउनुपर्ने निवेदन ईश्वरप्रसाद खतिवडाको इजलासमा
Prabhu Bank AD

काठमाडौं । क्रिकेट खेल्न यूएई जान पाउनुपर्ने मागसहित सन्दीप लामिछाने दिएको निवेदन न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा पेसी तोकिएको छ। उच्च अदालत पाटनले सन्दीपलाई विदेश जान प्रतिबन्ध लगाएपछि उनले बिहीबार निवेदन दिएका थिए।

जबरजस्ती करणी आरोपमा जिल्ला अदालत काठमाडौंले थुनामा पठाएका सन्दीपलाई उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको थियो। २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिए पनि उच्च अदालतले विदेश जान भने प्रतिबन्ध लगाउने आदेश दिएको छ।

धरौटी बुझाएर फर्किएका सन्दीप राष्ट्रिय टिममा फर्किएका छन्। उनले आईसीसी लिग २ का चार खेलसमेत नेपालमा खेले। तर सोमबारदेखि यूएईमा हुने सिरिजमा जान नपाएपछि उनले सर्वोच्चमा निवेदन दिएका हुन्।

सन्दीपबिनै नेपाली टोली शनिबार यूएई प्रस्थान गर्ने तयारीमा छ। सर्वोच्चले उनविरुद्ध लगाएको प्रतिबन्ध फुकुवा गरे सन्दीपलाई पनि यूएई लैजाने क्यानको तयारी छ।

खतिवडाको एकल इजलासमा पेसी अन्तिममा छ। आजै हेर्न भ्याइनेरनभ्याइने टुंगो छैन।

सम्बन्धित खवर