वि.सं.२०८३ जेठ १२ मंगलवार
Dish Home Long Ad
क्रिकेट विजेता खेलाडीलाई प्रतिव्यक्ति दुई लाख पुरस्कार
Prabhu Bank AD

 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आईसीसी विश्वकप लिगअन्तर्गत भएको त्रिदेशी शृंखलामा विजेता खेलाडीलाई प्रतिव्यक्ति दुई लाख रूपैयाँ पुरस्कार दिने घोषणा गरेका छन्।

बिहीबार दिउँसो विजेता खेलाडीहरूलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले बधाइ दिनुका साथै पुरस्कारसमेत दिने घोषणा गरेका हुन्।

खेलाडीहरूलाई बधाइ दिँदै प्रधानमन्त्रीले भने, “सर्वप्रथम इतिहास रच्नुभएकोमा तपाईहरूलाई बधाइ छ। तपाईहरूले नयाँ रेकर्ड बनाउनुभएको छ, इतिहास रच्नुभएको छ। चार खेलमा पूरै विजय हासिल गरेर क्लिनस्वीप गर्नुभएको छ। यो देशकै गौरव हो।”

प्रधानमन्त्री दाहालले खेलाडीको कारण देशकै गौरव र प्रतिष्ठा बढेको बताउँदै सबै नेपालीहरूको तर्फबाट बधाइ ज्ञापन गरे। उनले आउने प्रतिस्पर्धाका लागि शुभकामना समेत दिएका थिए।

उनले भने, ुतपाईहरूलाई प्रेरणा मिलोस् भनेर मैले नेपाल सरकारको तर्फबाट प्रतिखेलाडी २ लाख पुरस्कार दिने घोषणा गर्दछु।”

सो अवसरमा खेलाडीहरूले लिग चलिरहेकै बेला प्रधानमन्त्रीले आफूलाई हौसला दिएकोमा धन्यवाद दिँदै नेपाली खेलाडीहरूले वास्तविक अभिभावक पाएको भन्दै खुसी व्यक्त गरे।

 

 

 

 

Prabhu Bank AD

सम्बन्धित खवर