वि.सं.२०८३ जेठ १२ मंगलवार
Dish Home Long Ad
उदयपुरमा झुण्डिएकाे अवस्थामा एक युवककाे शव फेला
Prabhu Bank AD

काठमाडौं । उदयपुरकाे बेलका नपा-३ सातपत्रेमा एक अपरिचित युवाकाे शव झुन्डिएको अवस्थामा फेला परेकाे छ । उदयपुर बेलका रामपुर प्रहरी कार्यालयका अनुसार मिति २०७९।११।०९ गते बिहान अं.०५:३० बजेको समयमा जिल्ला उदयपुर वेलका न.पा.वडा नं.३ सातपत्रे स्थित नाम थर,वतन नखुलेको कालो छालाको ज्याकेट,कालो टोपी,addidas लेखिएको रातो ट्रयाक ,निलो जिन्स पेन्ट र कपडाको जुता लगाएको दुबै कान छेडेको अगाडीको तालुको भागमा हल्का कपाल झरेको मंगोलियन जस्तो अनुहार भएको अवस्थामा युवाकाे शव फेला परेकाे हाे ।
बर्ष अन्दाजी ३०/३५ को पुरुष मानिस पिठारीको रुखमा प्लाष्टिक नाईलनको डोरीको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएकाे छ ।
उक्त लाशको लाशजाँच मुचुल्का लगायतको प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न गरी लाशलाई सुरक्षित साथ वि.पी.को.स्वा.वि.प्रतिष्ठान धरानको शव गृहमा राखिएको र मृतकको हालसम्म पनि यकिन नाम थर वतन नखुलेकोले चिन्नु हुने महानुभावहरुले प्रहरी कार्यालयको सम्पर्क नं.९८५२८९००४३,९८५२८३५१९९ मा सम्पर्क गर्न पनि प्रहरीले सुचना जारी गरेकाे छ ।

Prabhu Bank AD

सम्बन्धित खवर