वि.सं.२०८३ जेठ १२ मंगलवार
Dish Home Long Ad
५३ किलो गाँजासहित दुई पक्राउ
Prabhu Bank AD

 

काठमाडौं । पूर्वी चितवनबाट ५३ किलो गाँजासहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–१६ बस्ने ३० वर्षीय अर्जुन दर्जी र एक नाबालक रहेका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

सोमबार बिहान १ बजे राप्ती नगरपालिका–१ लोथरमा जाँचका क्रममा पिप्लेबाट लोथरतर्फ जाँदै गरेको बा ३ च २५०४ नम्बरको गाडीमा लुकाइछिपाइ लैजाँदै गरेको समयमा गाँजा बरामद भएको हो । पक्राउ परेका उनीहरुको थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।

Prabhu Bank AD

सम्बन्धित खवर