वि.सं.२०८३ जेठ १२ मंगलवार
Dish Home Long Ad
रवि  उम्मेदवार बन्न नपाए चुनाव बहिष्कार
Prabhu Bank AD

काठमाडौं ।  पार्टीका केन्द्रीय सभापति रवि लामिछानेलाई चुनावमा उम्मेदवार हुनबाट वञ्चित गर्न खोजिए चितवन–जसले रविलाई लखेट्न खोज्छ हामी उसैलाई लखेट्छौं’ –स्थानीय मतदाता
पार्टीका केन्द्रीय सभापति रवि लामिछानेलाई चुनावमा उम्मेदवार हुनबाट वञ्चित गर्न खोजिए चितवन–२ का पार्टी समर्थकले चुनाव बहिष्कार गर्ने र जनतालाई समेत चुनावमा २ का पार्टी समर्थकले चुनाव बहिष्कार गर्ने र जनतालाई समेत चुनावमा सहभागी हुनै नदिने बताएका छन् ।

मंसिर(४ को निर्वाचनमा चितवन–२ बाट निर्वाचित सभापति लामिछानेको मन्त्री र सांसद पद नागरिकता विवादमा परेपछि अदालतको फैसलाले गएको थियो । सो क्षेत्रमा वैशाख १० गते उपनिर्वाचन हुँदैछ ।

रवि लामिछानेको नागरिकता पछि पुन: राहदानीको मुद्दामा छानबिन चलिरहेकोले उनी उम्मेदवार हुने नहुने वा हुन पाउने(नपाउनेबारे स्पष्ट छैन । यहीबीचमा उनका समर्थक र कार्यकर्ताले चितवनबाट लामिछाने उम्मेदवार बन्न नपाउने अवस्था आएमा चुनाव हुनै नदिने सार्वजनिक अभिव्यक्ति दिएका छन्।

रविका समर्थक यमलाल सापकोटाले रवि उठ्न नपाउने हो भने त्यस्तो चुनाव स्वीकार्य नहुने भन्दै बहिष्कार गर्ने बताएका छन् । ‘एउटा व्यक्तिका लागि किन यति धेरै रिस साँध्ने रु’ उनले प्रश्न गरे ।   ‘चितवन(२ मा फेरि रविलाई नै जिताउन आतुर छौं तर, रवि उठ्न पाउने कि नपाउने भनेर हल्ला चलाइँदैछ यो कुराले हाम्रो मन पनि दु:खेको छ । यदि, रविलाई उठ्न दिइएन भने चितवनका जनताले त्यस्तो चुनाव बहिष्कार किन नगर्ने :’

यद्यपि, सभापति लामिछानेले गत माघ १५ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता पुनर्प्राप्ति गरिसकेका छन् । तर, २०५० सालमा लिएर पछि त्याग गरेको पुरानै नागरिकताबाट राहदानी बनाएको भन्दै उनको राहदानीबारे छानबिन भइरहेको छ।

राहदानीकै कारण अफ्ठ्यारो बनाएर उनलाई चुनाव उठ्न नदिने षड्यन्त्र भएको चितवनका कार्यकर्ताको आशंका छ ।‘सबैकुरा सामान्य भइसक्दा पनि अझै राहदानीको कुरा उठाएर फसाउने षड्यन्त्र भएको सुन्दैछौं’ भरतपुरका स्थानीय गोमा गिरी भन्छिन्  ‘रवि हाम्रो ढुकढुकी हो, उसलाई किन लखेट्न खोजेको रु यदि, अरुले रविलाई लखेट्छन् भने हामी चुनाव हुनै दिँदैनौं र चुनावमा आउनेलाई पनि लखेट्छौं।’

यता पार्टी सभापति लामिछाने उम्मेदवार हुने वा नहुने भन्ने विषयमा रास्वपाका महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले विधि र व्यवहारलाई हेरेर अगाडि बढ्ने बताए । उनले व्यवहारिक पक्ष र विधिको पक्षमा पार्टीले अध्ययन गर्ने र जे सही हुन्छ त्यहीअनुसार अगाडि बढ्ने बताए । यद्यपि, स्थानीय कार्यकर्ता र जनताले चुनाव बहिष्कार गर्ने कुरा मतदाताको अधिकार र आक्रोश भएकोले यसमा पार्टीको कुनै धारणा जरुरी नहुने बताए ।

Prabhu Bank AD

सम्बन्धित खवर