वि.सं.२०८३ जेठ १२ मंगलवार
Dish Home Long Ad
एमाले–माओवादी केन्द्रको गठबन्धन भत्काउन कांग्रेसको अस्त्र : प्रचण्डलाई पाँचै बर्ष प्रधानमन्त्रीको पद
Prabhu Bank AD

काठमाडौं । पुस १० मा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच बनेको सात दलीय गठबन्धन भत्काउन संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले पुष्पकमल दाहाल प्रचण्डलाई पाँचै वर्ष प्रधानमन्त्री बनाउने प्रस्ताव अघि सारेको छ । आइतबार बालुवाटार पुगेका कांग्रेस सभापति शेरबहादुर देउवासहितको पदाधिकारी टोलीले प्रधानमन्त्री प्रचण्डलाई पाँचै वर्ष प्रधानमन्त्री बन्न औपचारिक प्रस्ताव राखेका हुन्। उनीहरुले त्यसका लागि राष्ट्रपतिमा सघाउनुपर्ने र पुरानो गठबन्धन ब्युँताउन तयार हुनुपर्ने सर्त राखेका छन्।

प्रधानमन्त्री प्रचण्डले संविधान जोगाउन र संघीयताको रक्षाको लागि कम्तीमा सरकार पाँच वर्ष टिक्नुपर्ने धारणा राखिरहेका छन्। ठीक यही समयमा कांग्रेसले राखेको प्रस्तावले राजनीतिक कोर्स बदल्ने संकेत देखाएको छ।

आइतबार बेलुका बालुवाटारमा २ घण्टा भएको भेटमा प्रधानमन्त्री प्रचण्डसमक्ष कांग्रेसका सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा र कृष्ण सिटौला लगायतका नेताहरुले विगतको कमजोरी सच्याएर नयाँ ढंगले जान जोड दिएका हुन्।

कांग्रेस नेताहरुले राखेको प्रस्तावमा प्रधानमन्त्रीले सकारात्मक रहेको भन्दै सोमबार तय भएको पदाधिकारी बैठकमा छलफल गरेर निर्णय दिने जवाफ दिएको बालुवाटर बैठकमा सहभागी कांग्रेसका एक पदाधिकारीले जानकारी दिए ।

भेटमा पुस २ गतेको सहमति १० गते तोडिएको विषयमा गम्भीर समीक्षा गरेको भन्दै अब तपाईलाई विश्वास लाग्ने आधार बनाउन तयार रहेको कांग्रेसका नेताहरुले बताएका थिए। माओवादी र कांग्रेसबीचको विगतमा बिग्रेको सम्बन्ध सुधार गर्न उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा निरन्तर बालुवाटार पुग्ने गरेका थिए।

आइतबार पनि महामन्त्री थापाले माओवादी केन्द्रका दोस्रो तहका नेताहरुसँग ललितपुरमा वार्ता गरेका थिए।राष्ट्रपतिको उम्मेदवारी मनोनयन कार्यतालिका फागुन १३ का लागि छ। नेकपा एमालेले पूर्वसर्त (पुस १०) अनुसार राष्ट्रपति आफ्नै दलले उठाएको उम्मेदवार हुनुपर्ने अडान लिइरहेका बेला कांग्रेसले एमालेसहितको ७ दलीय गठबन्धन भत्काएर पुरानै ब्युँताउन कसरत गरिरहेको हो।

मंसिर ४ को चुनावमा ८९ सिट जितेर पनि कांग्रेस प्रतिपक्षमा बस्न बाध्य छ। सुदुरपश्चिमबाहेकका सबै प्रदेशमा कांग्रेस सरकार बाहिर छ।

 

Prabhu Bank AD

सम्बन्धित खवर