वि.सं.२०८३ जेठ १२ मंगलवार
Dish Home Long Ad
नागरिक उन्मुक्ति पार्टिका सांसद चौधरी रिहा
Prabhu Bank AD

 

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट माफी पाएका नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरी जेलबाट रिहा भएका छन् । सरकारले शुक्रबार राष्ट्रपतिमार्फत सांसद चौधरीलाई माफी दिएको थियो । आगजनी मुद्दामा २०७० वैशाख ९ मा जिल्ला अदालत कैलालीले चौधरीलगायत अभियुक्तहरूलाई ६.६ महिना कैद सजाय सुनाएको थियो ।

अरुण चौधरी मंसिर ४ को निर्वाचनमा कैलालीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । कानुनी रूपमा फरार रहेका चौधरी माघ १९ मा बाँकेबाट पक्राउ परेका थिए । पक्राउ परेपछि कैलाली कारागार चलान गरिएका उनलाई सरकारले राष्ट्रपतिमार्फत माफी दिएको हो । प्रजातन्त्र दिवसका अवसरमा उनलाई माफी दिइएको हो । आफ्नो पक्राउविरुद्ध दिपायल उच्च अदालतमा उनले निवेदन दिएका थिए । ती निवेदनको अदालतले टुंगो लगाउन नपाउँदै राष्ट्रपतिले उनलाई माफी दिएकी हुन् ।

जेलबाट रिहा भएपछि सांसद चौधरीले कैलाली जिल्ला अदालतको फैसलाबारे आफूलाई जानकारी नदिइएको बताए । २०७० सालमा कैलाली जिल्ला अदालतले फैसला गरेको छ । त्यसबारे मलाई जानकारी हुनुपर्थ्यो, उनले भने, अहिले त मलाई राजनीतिक प्रतिशोधका लागि जेलमा हालिएको हो । आफूले फैसलालगत्तै थाहा पाएको भए उच्च अदालतमा निवेदन दिने थिएँ भन्ने उनको भनाइ थियो ।

जिल्ला प्रहरी कार्यालयमा सोधपुछ गर्दा पनि आफूलाई फैसलाबारे जानकारी नदिइएको सांसद चौधरीको भनाइ थियो । मैले जानकारी नै पाएको थिएन । जिल्ला प्रहरी कार्यालयमा पनि सोधेको थिए, उनले भने, राजनीतिक प्रतिशोध लिनका लागि काम भएको छ । सानो दल भएकाले जसरी उठेको छ त्यसरी नै खुम्च्याइदिउँ भन्ने हिसाबाले यो काम भएको छ ।

चौधरीले गृहमन्त्रालय, सरकार र राष्ट्रपतिलाई माफी दिएकोमा धन्यवाद दिएका छन् । जेलबाट रिहाइ भएका अरुणलाई लिनका लागि नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष तथा सांसद रञ्जिता चौधरी श्रेष्ठ पनि कारागार पुगेकी थिइन् ।

अरुण चौधरी, पर्शुराम चौधरी र वीरबहादुर चौधरीले २०६६ भदौ ३ मा कैलालीको साबिक बलिया ८ धोबेनी खोलास्थित सडकमा लु २ त २११ नम्बरको ट्र्याक्टरमा पेट्रोल छर्किएर आगजनी गरेका थिए । त्यसविरुद्ध परेको मुद्दामा जिल्ला अदालत कैलालीका न्यायाधीश विष्णु सुवेदीले २०७० वैशाख ९ मा तीनै जनालाई दोषी ठहर गर्दै ६.६ महिना कैद सजाय सुनाएका थिए । साथै आगजनीले ट्र्याक्टरमा पुर्‍याएको क्षतिबापत ८ लाख १९ हजार ४ सय २३ रुपैयाँ धनीलाई क्षतिपूर्ति भराउनसमेत आदेश दिएका थिए ।

उक्त घटनामा संलग्न तीनै जना सुरुबाटै फरार रहेका थिए । अदालतले बारम्बार म्याद पठाउँदा पनि उपस्थित नभएपछि अदालतले उनीहरूले अपराध स्वीकार गरी बसेको’ ठहर्‍याउँदै कैद र क्षतिपूर्तिको फैसला गरेको थियो । तीमध्येका वीरबहादुर गत माघ दोस्रो साता पक्राउ परेका थिए । त्यसपछि सांसद चौधरी उक्त घटनामा संलग्न रहेको र फरार रहकेो खुलेको थियो ।

Prabhu Bank AD

सम्बन्धित खवर