वि.सं.२०८३ जेठ १२ मंगलवार
Dish Home Long Ad
निरन्तर राम्रो प्रदर्शन गर्दै सन्दिप लामिछाने
Prabhu Bank AD

 

काठमाडौं । सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै तीन विकेट लिएपनि अन्य बलरहरु चल्न नसक्दा नामिवियाले उच्च योगफल बनाउन सफल भयो ।

नामिबियाका लागि ग्रिनले सर्वाधिक ७५ रनको अविजित इनिङ खेले । उनले छैटौँ विकेटका लागि पिकी या फ्रान्ससँग ९४ रनको साझेदारी गर्दै ६३ बलमा ११ चौका र एक छक्का प्रहार गरे ।

फ्रान्स ३९ बलमा ४ चौका र ३ छक्कासहित ३९ बलमा ४९ रन बनाएर आउट भए । सोमपाल कामीको बलमा रनआउट हुँदा फ्रान्स अर्धशतक बनाउन चुके ।

ओपनर लोहान्द्रे लोउरेन्स ४१ रनमा आउट हुँदा, कार्ल ब्रिकेनस्टक २० रन र माइकल भान लिङगेन २२ रनमा पभेलियन फर्किएका थिए ।

कप्तान जेरार्ड इरास्म्स र जान निकोल लोफ्टी–एटन समान १५ रनमा आउट हुँदा रुबेन ट्रम्पलमेन २४ बलमा अविजित रहे ।

नेपालको बलिङमा सन्दीप लामिछानेले १० ओभरमा ४६ रन खर्चिएर सर्वाधिक तीन विकेट लिए । नामिबियासँग तीन विकेट लिएसँगै सन्दीप लिग २ मा सर्वाधिक विकेट लिने तेस्रो खेलाडी भएका छन् । उनले २३ खेलबाट ५१ विकेट लिएका छन् । त्यसबाहेक करण केसीले नेपालका लागि एक विकेट लिए ।

पहिलो खेलमा नामिबियालाई दुई विकेटले पराजित गरेको नेपालले दोस्रो खेलमा स्कटल्यान्डलाई तीन विकेटले पराजित गरेको थियो ।

आजको खेलमा नामिबियालाई हराउँदै नेपाल लगातार तेस्रो जित दर्ता गर्दै लिग २ मा शीर्ष तीनको सम्भावना बचाइराख्न चाहन्छ ।

Prabhu Bank AD

सम्बन्धित खवर