वि.सं.२०८३ वैशाख १८ शुक्रवार
Dish Home Long Ad
पूर्वराजाको चलखेलप्रति माधव नेपालले भने – सतर्क बनौँ
Prabhu Bank AD

 

काठमाडौं ।  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहको चलखेल सुरु भएको बताउँदै यसप्रति सतर्क बन्न आग्रह गरेका छन्।

पूर्वराजा शाहको सहभागितामा झापाको मेची नदी किनारमा आयोजित कार्यक्रमप्रति संकेत गर्दै अध्यक्ष नेपालले प्रतिगमनको सुरुवात हुन लागेको बताएका हुन्।

‘प्रतिगमनको दिशातर्फको यात्रा हुन लागेको संकेत मेची नदीको किनारबाट हामी सबैले पाइसकेका छौं। अब हामी सतर्क बनौं’, कास्कीमा आज बिहान आयोजित पत्रकार भेटघाटमा पूर्वप्रधानमन्त्री नेपालले भने, प्रतिगमनको पक्षमा को को र अग्रगमनको पक्षमा उभिने को को र अग्रगमनको पक्षमा उभिनेहरू एकताबद्ध हौँ।’

Prabhu Bank AD

सम्बन्धित खवर