वि.सं.२०८३ वैशाख १६ बुधवार
Dish Home Long Ad
सुनको मूल्य घट्यो, चाँदीको स्थिर
Prabhu Bank AD

 

 

काठमाडौं । मंगलबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको छ ।

मंगलबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख ३ हजार ८ सय र तेजावी सुनको मूल्य एक लाख ३ हजार ३ सय रुपैयाँ तोकिएको छ । सोमबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख ४ हजार र तेजावी सुनको मूल्य एक लाख ३ हजार ५ सय रुपैयाँ तोकिएको थियो ।

मंगलबार चाँदीको प्रतितोला मूल्य १ हजार २९५ रुपैयाँ तोकिएको छ । मंगलबारकै मूल्यमा सोमबार चाँदीको कारोबार भएको थियो ।

 

 

Prabhu Bank AD

सम्बन्धित खवर