वि.सं.२०८३ वैशाख १९ शनिवार
Dish Home Long Ad
माछापुच्छ्रे बैंकका ग्राहकलाई फ्रन्टलाइन अस्पतालमा विशेष छुट
Prabhu Bank AD

काठमाडौँ । माछापुच्छ्रे बैंक लि. र फ्रन्टलाइन अस्पतालबीच बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ। सम्झौताअनुसार माछापुच्छ्रे बैंक लि.का ग्राहकहरूले फ्रन्टलाइन अस्पतालमार्फत स्वास्थ्य सम्बन्धी सुविधा लिँदा बढीमा १३ प्रतिशतसम्म छुट पाउनेछन्।

जसअन्तर्गत फ्रन्टलाईन अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवाहरु ओपीडी, बेड तथा सर्जरी, ल्याब, लगायतका अन्य सेवाहरुको शुल्कमा न्युनतम ५ प्रतिशतदेखि बढीमा १३ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्।

सो संस्थाले हाल पुरानो बानेश्वर, काठमाण्डौबाट सेवा प्रदान गर्दै आई रहेको छ। बैंकका ग्राहकहरूले उक्त छुट, बैंकको डेबिटरक्रेडिट कार्ड प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन् ।

Prabhu Bank AD

सम्बन्धित खवर