वि.सं.२०८३ वैशाख ११ शुक्रवार
Dish Home Long Ad
पुँजीगत खर्च बढाउने र चालु खर्च घटाउने अर्थमन्त्रीले दिए निर्देशन
Prabhu Bank AD

 

काठमाडौँ — उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पुँजीगत खर्च बढाउन र चालु खर्च घटाउन अर्थमन्त्रालयमा आयोजित अवस्था र बजेट कार्यान्वयनका सम्बन्धमा छलफल कार्यक्रममा पौडेलले पुँजीगत खर्च र राजस्व परिचालनको अवस्था चिन्ताजनक रहेको बताउँदै राजस्व परिचानलमा कडाइका साथ प्रस्तुत हुन तथा पुँजीगत खर्चलाई विशेष प्राथमिकता दिएर काम गर्न निर्देशन दिए ।

नेपाल सरकारको स्रोतबाट खर्च हुने सबै शिर्षकहरुमा छुट्टाइएको रकम सोही शिर्षकमा मात्र खर्च गर्न, चालु प्रकृतिका खर्च निरुत्साहित गर्न, अनिवार्य दायित्व बाहेक कुनैपनि शिर्षकमा थप बजेट माग नगर्न आग्रह गर्दै उनले शोधभर्ना लिने कार्यलाई प्राथमिकता दिन निर्देशन दिए ।

यस्तै पुँजीगत खर्च तोकिएको परियोजनामा समयमा सम्पन्न गर्न, स्वीकृत दरबन्दी बाहेकमा कुनै पनि किसिमको दायित्व सिर्जना हुने गरी जनशक्ति व्यवस्था नगर्न पनि निर्देशन दिए । आयोजनाहरुलाई प्राथमिकता दिन आग्रह गरे ।

राजस्व परिचालनमा रहेका बेथितिको श्रृंखलाहरु टुटाउन गृहप्रशासनको समेत सहयोग लिएर राजस्व प्रशासन अघि बढ्ने उल्लेख गर्दै उनले राजस्व परिचालनलाई प्रभावकारी बनाउनमा सहयोग पुर्याउन सम्बन्धित मन्त्रालयका सचिवलाई निर्देशन दिए ।

अर्थमन्त्रालयका सहसचिव तथा प्रवक्ता आनन्द काफ्लेले २०७९ पुससम्म राजस्वको लक्ष्य ६ खर्ब ५१ अर्व ६१ करोड रुपैयाँ रहेकोमा ४ खर्ब ९० अर्ब ४ करोड रुपैयाँ संकलन भएको जानकारी दिए ।

Prabhu Bank AD

सम्बन्धित खवर