वि.सं.२०८३ जेठ ११ सोमवार
Dish Home Long Ad
यती विमान दुर्घटनामा चिनियाँ राष्ट्रपति सी र प्रधानमन्त्री ली खछ्याङको समवेदना सन्देश
Prabhu Bank AD

३ माघ, काठमाडौं । आइतबार पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा चिनियाँ राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री ली खछ्याङले समवेदना सन्देश पठाएका छन् ।

सी र लीले सोमबार चीन सरकार र चिनियाँ नागरिकको तर्फबाट समकक्षीहरू राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समवेदना सन्देश पठाएका हुन् ।

उक्त समवेदना सन्देश काठमाडौंस्थित चिनियाँ दूतावासले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री प्रचण्डलाई बुझाएको छ ।

‘नेपालमा भएको विमान दुर्घटनाका कारण ठूलो क्षती भएको खबरले चीन सरकार र चिनियाँ नागरिकलाई दुखित बनाएको छ ।

दुर्घटनामा परेर मृत्यु भएकाप्रति हार्दिक श्रद्धाञ्जली तथा मृतकका परिवारप्रति गहिरो समवेदना छ,’ समवेदना सन्देशमा भनिएको छ ।

काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्य लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको ९एन एएनसी एटीआर ७२० जहाज पोखरामा दुर्घटनाग्रस्त भएको थियो । जसमध्ये १५ जना विदेशी र बाँकी नेपालीहरू रहेका थिए ।

यसअघि रुसका राष्ट्रपति भलादिमिर पुटिनले पनि समवेदना सन्देश पठाएका थिए । अमेरिका र पाकिस्तानलगायत विभिन्न मुलुकबाट दुर्घटनामा समवेदना सन्देश आएको छ ।

Prabhu Bank AD

सम्बन्धित खवर

ताजा अपडेट

लाेकप्रिय