वि.सं.२०८३ वैशाख ७ सोमवार
Dish Home Long Ad
महानगर प्रहरी प्रमुख राजु पाण्डेकाे अत्याचार र भ्रष्टाचारले सिमा नाघेकाे भन्दै नायव निरीक्षक चुडालले दिए राजिनामा
Prabhu Bank AD

 

काठमाडौं । पछिल्लो समय फुटपाथ खाली गराउन र नक्सा विपरीतका संरचना हटाउन आक्रामक रुपमा प्रस्तुत भइरहेको काठमाडौं महानगरपालिकाको नगर प्रहरी बल आन्तरिक विवादमा फसेको छ । मेयर बालेन्द्र (बालेन) साहले धनपति सापकोटालाई हटाएर नगर प्रहरी प्रमुख बनाएका राजु पाण्डेले अन्याय, अत्याचार र भ्रष्टाचार गरेको भन्दै नगर प्रहरी कर्मचारीले विरोध जनाएपछि समस्या बढेको हो ।

नगर प्रहरी नायव निरीक्षक (-सई)लोकनाथ चुडालले मानगरका प्रहरी प्रमुख राजु पाण्डेकाे अत्याचार र भ्रष्टाचारले सिमा नाघेकाे भन्दै पदबाट राजिनामा दिईका छन् । तल्लो दर्जाका नगर प्रहरी कर्मचारीहरुलाई निम्नस्तरकाे व्यवहार गरेको, दुख दिएको र अपशब्द प्रयोग गरेको उनले बताएका छन् । नगर प्रहरीले विदा माग्दा नगर प्रहरी प्रमुख राजु पाण्डेले अश्लिल शब्द प्रयोग गरेर गाली गरेको चुडालले बताएका छन् ।
‘मैले संगठन बनाउनको लागि प्रतिनिधिमूलक आवाज उठाएको हुँ । काठमाडौं नगर प्रहरी भित्र अन्याय, अत्याचार र भ्रष्ट्राचार बढेको छ । मैले यो विषयमा प्रशासन विभागलाई पनि चिठी लेखेको छु’ उनले अनलाइनखबरसँग भने, ‘हामीले दुःख गरेर बनाएको नगर प्रहरी संगठन बिग्रँदा सहेर बस्न सकिन ।’
चुँडालले नगर प्रहरीमा ‘मोडलिङ’ बढेकोदेखि संगठनका प्रहरीमाथि अत्याचार बढेकोसम्म आरोप लगाएका छन् ।

काठमाडौं महानगरपालिकाले निजी सेक्युरिटी कम्पनीमार्फत १६२ जना नगर प्रहरी थपेको छ । तर थपिएका नगर प्रहरी कर्मचारीले करिब एक महिना पुग्न लाग्दा समेत पोशाक पाएका छैनन् ।

महानगरले सम्झौताअनुसार पोशाक उपलब्ध नगराएका कारण उनीहरुले ‘नगर प्रहरी’ लेखिएको पहेँलो ज्याकेट लगाउने गरेका छन् ।

प्रदेश निजामती कानुन नबनेका कारण नगर प्रहरी भर्ना गर्न नसकेको भन्दै महानगरले निजी सेक्युरिटी कम्पनीबाट नगर प्रहरी भर्ना गरेको हो । नयाँ भर्ती भएका एक नगर प्रहरी भन्छन् ‘हामीलाई पोशाक, चुस्ता, बुट दिने भनेर भर्ती गरियो तर फिल्डमा जाँदा नगर प्रहरीको नाममा एउटा खास्टो मात्रै दिएको छ ।’

आफूहरुलाई बजारमा हेयको दृष्टिकोणले हेर्ने गरेको भन्दै उनले काम गर्ने मनोबल नभएको बताए ।

उनीहरुलाई वर्षको १३ महिनाको तलब सेक्युरिटी कम्पनीले दिने सम्झौता भएको छ भने पोशाक, चुस्ता, सिटी कड, रेनकोट, गमबुट, टर्च लाइट, ज्याकेट सबै महानगरले उपलब्ध गराउनेछ ।

महानगरपालिकाले ८ भदौमा टेन्डर आहृवान गरेर युनिक सेक्युरिटी मार्फत करारमा एक वर्षका लागि नगर प्रहरी थपेको थियो । निजी सेक्युरिटी कम्पनी मार्फत पूर्वसैनिक, पूर्व प्रहरी र प्रहरीका तालिम लिएकाहरुलाई छनौट गर्ने गरी टेण्डर समेत गरेको थियो ।
महानगरले थपेको १ सय ६२ जना नगर प्रहरीलाई मासिक २० हजार ५३२ दिनेगरी युनिक सेक्युरिटी कम्पनीसँग ४ करोड ३२ लाख ४० हजारमा सम्झौता गरेको थियो ।

Prabhu Bank AD

सम्बन्धित खवर