वि.सं.२०८३ वैशाख ७ सोमवार
Dish Home Long Ad
माया लुहारकी आमा रमा लुहार अर्धचेत अवस्थामा
Prabhu Bank AD

 

 

काठमाडौं । १४ मंसिरमा बैतडी पञ्चेश्वर गाउँपालिका– ४ की २१ वर्षीया लुहारको बीभत्स हत्या भएको थियो भने उनीसँगै रहेकी नेहा लुहारलाई घाइते बनाइएको थियो । नेहाकै बयानका आधारमा सशस्त्र प्रहरी जवान कोलीलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका कोलीलाई बैतडी लगेर थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ । थप अनुसन्धानका लागि उनलाई बैतडी ल्याइँदै गरेको बैतडीका प्रहरी नायब उपरीक्षक प्रेम शाहीले जानकारी दिए । ‘मायाका हत्या आरोपी पक्राउ परेका छन्, थप कुरा बयानपछि थाहा हुनेछ ।

घरखर्च जोहो गर्न भर्खरै सम्पन्न निर्वाचनमा पञ्चेश्वर– ४ की माया लुहार म्यादी प्रहरीमा भर्ना भएकी थिइन् । निर्वाचनमा शिवनाथ गाउँपालिकामा खटिएकी उनी ६ मंसिरमा घर फर्किइन् । त्यसको ठीक एक सातापछि फोनबाटै चिनजान भएका शिवनाथ– ४ का भरतराम कोलीले उनको हत्या गरेका हुन् । मायाकै साथमा गएकी १५ वर्षीया नेहा लुहारको पनि कोलीले घाँटी रेट्दा चक्कु भाँचिएको थियो । उनको अहिले डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

गत मंगलबार दिउँसो मायासहित चारजना युवती स्थानीय कुलाउ बजार जान भनी घरबाट निस्केका थिए । उनीहरूमध्ये दुईजना घर फर्के । माया र नेहा त्यो दिन घर फर्किएनन् । खोजी गर्दै जाँदा दोस्रो दिन कुलाउ बजारभन्दा एक घन्टाको दूरीमा पर्ने शिवनाथ मन्दिरनजिकको जंगलमा नेहा घाइते अवस्थामा भेटिएको मृतक मायाका दाजु टिन्कु लुहारले बताए । ‘नेहाको घाँटीमा चक्कु रोपिएको गहिरो घाउ थियो, उनी अर्धचेत अवस्थामा थिइन । जंगलको उत्तरतिर मायाको शव घाँटी रेटिएको अवस्थामा फेला पर्‍यो ।

मायालाई उपचारका लागि इलाका स्वास्थ्य केन्द्र मेलौली हुँदै डडेल्धुरा पुर्‍याइएको थियो । घटनापछि स्थानीयले शिवनाथ– ४ का भरतराम कोलीविरुद्ध प्रहरीमा किटानी जाहेरी दर्ता गराए । उनी सशस्त्र प्रहरी बल, पोखरामा कार्यरत जवान रहेको प्रहरीले जनाएको छ । त्यसलगत्तै अनुसन्धानमा जुटेको प्रहरीले मायाको मोबाइल फेला पारेको थियो । सो मोबाइल घटना हुनुभन्दा दुई दिनअगाडि कुलाउ बजारबाट भरतले खोसेर लगेका थिए । सोही मोबाइल फिर्ता दिन्छु भन्दै शिवनाथले जंगलमा बोलाएर मायाको हत्या गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नुअघि आरोपी सामाजिक सञ्जालमा सक्रिय थिए । उनले टिकटकमा भिडियो अपलोड गर्दै प्रहरीलाई चुनौती दिइरहेका थिए ।

Prabhu Bank AD

सम्बन्धित खवर