वि.सं.२०८३ जेठ ११ सोमवार
Dish Home Long Ad
चाडवाड र चुनावलाई लक्षित गर्दै बैंकहरूले बढाए निक्षेप ब्याजदर
Prabhu Bank AD

काठमाडौं । बैंकहरूमा पछिल्लो समय निक्षेप संकलनमा वृद्धि भइरहेको छ । रेमिट्यान्स आप्रवाहमा आइरहेको सुधार र आयात नियन्त्रणको प्रयासस्वरूपमा विदेशी मुद्राको सञ्चिति पनि सुधारोन्मुख बाटोमा छ । नजिकिएको चाडबाड र संसदीय निर्वाचन लक्षित गर्दै वाणिज्य बैंकहरूले निक्षेप आकर्षण गर्न ब्याजदरमा प्रतिस्पर्धा गर्न थालेका छन् । १ असोजबाट बैंकहरूले १ प्रतिशत बिन्दुका दरले सबै किसिमका निक्षेपमा ब्याजदर बढाएका छन् । निक्षेपको ब्याजदर बढाएर बैंकहरूलाई तुलनात्मक लाभ नहुने स्वयं बैंकरहरूसमेत स्विकार्छन् ।

नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले ब्याजदर बढ्दा बैंकको लागत बढ्ने र खराब कर्जाको जोखिम पनि बढ्ने डर रहेको बताए । उनले भने, ‘निक्षेपको ब्याज बढेपछि बैंकको लागत बढिहाल्छ । यसले आधार दर बढाउँछ, जसले कर्जा महँगो बनाउन मद्दत पुग्छ । विगतको अनुभव हेर्ने हो भने खराब कर्जा (लोन डिफल्ट)को जोखिम पनि यसले निम्त्याउन सक्छ ।’

तर, राष्ट्र बैंकको उद्देश्यअनुरूप कर्जा नियन्त्रण गर्न भने ब्याजदर वृद्धिले सघाउ पुर्‍याउने उनको बुझाइ छ । अहिले बचतको ब्याजदरसमेत बढाउनुपरेको अवस्थामा बैंकहरूको लागत महँगिने निश्चित भएको बैंकर ज्ञवालीको भनाइ छ । यद्यपि, अहिले बढ्दो उपभोगका कारण आयाततर्फ जाने कर्जामा भने यसले नियन्त्रण गर्ने भएकाले अर्थतन्त्रलाई लयमा राख्न सकारात्मक पहल गर्ने उनले बताए । वाणिज्य बैंकहरूमा रहेको कुल निक्षेपमा मुद्दती खाताको हिस्सा ५६.६५ प्रतिशत रहेको राष्ट्र बैंकको साउनको तथ्यांकले देखाउँछ ।बचत खाताको अंश भने २७.१८ प्रतिशत छ ।

वित्तीय प्रणालीमा पैसा आकर्षित गर्न ब्याजदर वृद्धि गरिएकाे नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष अनिलकुमार उपाध्यायले जानकारी दिए । उनले भने, अहिले मूल्यवृद्धि उच्च छ । यस्तो वेला बचत आकर्षित गर्न सकेनौँ भने पैसा वित्तीय प्रणालीबाट बाहिर जान सक्छ । त्यसैले हामीले वित्तीय प्रणालीको पैसा बाहिर नजाओस् र बाहिर रहेको पैसा प्रणालीमा आकर्षित होस् भनेर ब्याजदर बढाएका हौँ ।’

अहिले निक्षेप बढ्न थालेको छ । रेमिट्यान्स पनि बढ्न थालेको छ । सरकारले पनि खर्च बढाउन थालेको छ । यो पैसा आउने सिजन पनि हो । त्यसैले बैंकमा बचत आकर्षित गर्न ब्याज बढाइएको हो ।

Prabhu Bank AD

सम्बन्धित खवर

ताजा अपडेट

लाेकप्रिय