वि.सं.२०८३ वैशाख ७ सोमवार
Dish Home Long Ad
जय नेपाल हलको कम्पाउन्डभित्रै टुकुचा खोला
Prabhu Bank AD

काठमाडौँ। जय नेपाल हलको कम्पाउन्डमा १५ फिट खन्नेबित्तिकै टुकुचा खोला भेटिएको छ । काठमाडौं महानगरपालिकाले बिहीबार जय नेपाल हलको कम्पाउन्ड भत्काउने क्रममा टुकुचा खोला फेला पारेको हो ।
महानगरपालिकाले नक्साअनुसार गरेको मार्किङका आधारमा उत्खनन गर्दा जय नेपाल हलको कम्पाउन्डमा १५ फिट गहिरो खन्दा टुकुचा खोला भेटिएको जनाएको छ ।
नारायणहिटी दरबार क्षेत्रबाट निस्किएको टुकुचा खोला यस क्षेत्रमा गायब थियो । विगत लामो समयदेखि स्थानीयहरुले खोला अतिक्रमण गरेर संरचनाहरु निर्माण भएको भन्दै उत्खननको माग गर्दै आइरहेका थिए । टुकुचा खोला पत्ता लगाउन महानगरले डोजर लगाएर विभिन्न स्थानमा खनेको थियो ।

गत साउन १२ गते काठमाडौं महानगरपालिकाले टुकुचा खोला मिचेर बनाएका संरचना हटाउनु भन्दै सार्वजनिक सूचना जारी गरेको थियो । महानगरले सूचना जारी गरेको लामो समयसम्म पनि कसैले नहटाएपछि महानगर आफैं टुकुचा खोलाको खोजीमा जुटेको थियो । महानगर टुकुचा खोलाको नक्सा संकलन गर्दै मार्किङ सुरु गर्दा काठमाडौंको जमलमै रहेको जय नेपाल सिनेमा हलले नै मिचेको देखेपछि बिहीबार डोजेर लिएर पुगेको थियो ।

Prabhu Bank AD

सम्बन्धित खवर