काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले रुखमा मात्रै भोट हाल्न पाउनुपर्ने माग गरेका छन् । उनीहरुले निर्वाचनमा रुखमा भोट हाल्न पाउनु पर्ने माग गर्दै केन्द्रीय सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका हुन् ।
बागमती प्रदेशका १३ जिल्ला सभापतिका तर्फबाट धादिङ सभापति रामनाथ अधिकारीले बिहीबार देउवालाई ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा कांग्रेसका नेता–कार्यकर्ताहरुले रुख चिह्नमा भोट हाल्न पाउनुपर्ने उल्लेख गरिएको छ ।
कांग्रेसले आसन्न निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्नुपर्ने भन्दै रुखबाहेक अरु चिन्हमा भाेट नहाल्ने चेतावनी दिएका छन् ।

