वि.सं.२०८३ वैशाख १९ शनिवार
Dish Home Long Ad
उपेन्द्र यादवलाई हिम्मत छ भने बैधानिक रुपमा कार्वाही गरोस् – महेन्द्र यादव
Prabhu Bank AD

काठमाडौं । नेसपाका अध्यक्ष महेन्द्र राय यादवले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई हिम्मत भए आफूहरूलाई बैधानिक ढंगले कार्वाही गर्न चुनौती दिएका छन् ।

काठमाडौंको बालकुमारीमा रहेको कान्तिपुर बैकटमा आयोजित केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उनले भने, उपेन्द्र यादवले कार्यक्रममा भ्रमणमा पार्ने ठगी काम गरेको छ । वीरगन्ज बैठकमा हामीलाई कार्वाही गरेको भनेर हल्ला फिजाएर कार्यकर्तालाई बेवकुफ बनाएको तर्क गरे । उनले थपे, बहुमत उपेन्द्र यादवसँग छ भने बहुमत जुटाएर बैधानिक रुपमा कार्वाही गरोस् ।

जसपा बनाएको थियो डाक्टर बाबुराम भट्टराई र महेन्द्र राय यादवले उसलाई अलिक पनि लाज छ भने हामीले बनाएको जसपाको एजेन्डा परित्याग गरी मधेसीको संकुचित एजेन्डा समेत बनाएर देखाउन समेत चुनौती दिए ।

Prabhu Bank AD

सम्बन्धित खवर