वि.सं.२०८३ जेठ ११ सोमवार
Dish Home Long Ad
परराष्ट्रमन्त्री खड्काले साउन २३ गतेदेखि २५ गतेसम्म चीनको भ्रमण गर्ने
Prabhu Bank AD

काठमाडौं- परराष्ट्रमन्त्री डा. नारायण खड्काले यही साउन २३ गतेदेखि २५ गतेसम्म चीनको भ्रमण गर्ने भएका छन्। परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै परराष्ट्रमन्त्रीको चीन भ्रमणको औपचारिक घोषणा गरेको हो।

चिनियाँ विदेशमन्त्री वाङ यीको औपचारिक निमन्त्रणमा परराष्ट्रमन्त्री डा. खड्काले चीनको तीन दिने भ्रमण गर्न लागेका हुन्।

भ्रमणका बेला दुई देशका विदेशमन्त्री द्विपक्षीय बैठकमा सहभागी हुनेछन्। बैठक साउन २५ गते हुने परराष्ट्रले जनाएको छ। भ्रमणका बेला डा. खड्काको सम्मानमा चिनियाँ विदेशमन्त्री वाङले रात्रीभोजको आयोजना गर्नेछन्।

यस्तै शुक्रबारको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता ह्वा छुन् यिङले नेपाल र चीन असल छिमेकी तथा साझेदार भएको बताएकी थिइन्। उनले परराष्ट्रमन्त्री खड्काको भ्रमण चिनियाँ स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीको गत मार्चमा भएको नेपाल भ्रमणको आदानप्रदान भएको बताएकी छन्।

Prabhu Bank AD

सम्बन्धित खवर

ताजा अपडेट

लाेकप्रिय