वि.सं.२०८३ जेठ ११ सोमवार
Dish Home Long Ad
आफ्नो विरुद्धमा राउत चुनाव लड्ने सुनेपछि यादवको धोती खुस्कियो
Prabhu Bank AD

२० साउन २०७९, काठमाडौं । आगामी प्रतिनिधि सभाको निर्वाचनमा जनमत पार्टीका अध्यक्ष सिके राउतले जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवको चुनावी क्षेत्रबाट उम्मेदवारी दिने भएका छन् । बिहीबार भर्चुअल माध्यमबाट बसेको पार्टीको बैठकबाट अध्यक्ष राउतले सप्तरी क्षेत्र नम्बर २ बाट चुनाव लड्ने निर्णय भएको छ।

२०७४ को प्रतिनिधिसभा चुनाव यादवले सप्तरीबाट जितेका थिए । अध्यक्ष यादवको चाहना सप्तरी क्षेत्र नम्बर २ बाटै चुनाव लड्ने रहेकाे छ । उनले त्यही अनुसारको तयारी थालेका छन् । उनले आफ्नो क्षेत्रमा चुनाव लक्षित कार्यक्रम गरिरहेका छन् । राउत र यादवको घर एउटै चुनावी क्षेत्रमा पर्छ ।

उपेन्द्र यादवले यादव समुदायको नाम बेचेर पटकपटक धोका दिएकोले जनतामा सिकेराउत प्रतिको चुनावी क्रेज बढेर गएको । धेरैको अनुमान छ यादव र राउतको प्रतिस्पर्धामा धेरै मतले राउत जित्ने छ ।

Prabhu Bank AD

सम्बन्धित खवर

ताजा अपडेट

लाेकप्रिय