वि.सं.२०८३ साउन ११ सोमवार
Dish Home Long Ad
ठगी प्रकरणमा ८ जनाविरुद्ध मुद्दा दायर, आठजना को– को हुन ?
Prabhu Bank AD

काठमाडौं । बाल मन्दिरमा भएको ठगी प्रकरणमा आठ जनाविरुद्ध मुद्दा दायर भएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा काठमाडौं जिल्ला अदालतमा ठगीको कसुरमा मुद्दा दायर भएको हो ।
नेपाल बाल संगठन काठमाडौंका तत्कालीन योजना तथा छात्रवृत्ति शाखा प्रमुख ५४ वर्षीया आशा श्रेष्ठ, संगठनका तत्कालीन सचिव ५१ वर्षीय राजेन्द्र कुमार श्रेष्ठ, तत्कालीन सभापति ६२ वर्षीय ओमकृष्ण कर्माचार्य, तत्कालीन सभापति युरी कुमारी राई विरुद्ध मुद्दा दायर भएको हो । यसैगरी तत्कालीन कोषाध्यक्ष ७४ वर्षीय दीपकदास श्रेष्ठ, तत्कालीन कोषाध्यक्ष ६० वर्षीय प्रयागराज श्रेष्ठ, तत्कालीन सभापति ६३ वर्षीय भगवान शाक्य र तत्कालीन सल्लाहकार ५६ वर्षीय रामकृष्ण चित्रकार विरुद्ध पनि मुद्दा दायर भएको छ ।
प्रतिवादी बनाइएका ८ जना मध्ये आशा श्रेष्ठ, राजेन्द्रकुमार श्रेष्ठ र ओमकृष्ण कर्माचार्य मात्रै पक्राउ गरेका छन् । बाँकी पाँच जनालाई भने फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ । उच्च अदालतका पूर्वमुख्यन्यायाधीश हरिबाबु भट्टराईको अध्यक्षतामा गठित आयोगले २०७७ मै प्रतिवेदन बुझाएको थियो।
गत चैतमा मात्रै यो प्रतिवेदन कार्यान्वय गर्ने निर्णय मन्त्रीपरिषद्ले गरेको थियो ।

Prabhu Bank AD

सम्बन्धित खवर