वि.सं.२०८३ मंसिर १० बुधवार
Shivam
Dish Home Long Ad
TaTa
इरानविरुद्ध ‘ठुलो आक्रमण’ गर्ने भनेका ट्रम्प किन अचानक रोकिए ?

काठमाडौ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने प्रारम्भिक सम्झौता चाँडै हुने दाबी गरेका छन्।
सोही कारण गएराति इरानविरुद्ध गरिने भनिएको भीषण आक्रमण रोकिएको दाबी उनले गरेका छन्।

बिहीबार राति ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘हामीले इरानसँग युद्धका विषयमा एक सानदार सम्झौतामा गरेका छौँ।’ दाबी गर्दै उनले थपे, ‘हाम्रो सम्झौताअनुसार इरानसँग कहिल्यै आणविक हतियार हुने छैन र हामीले यो लक्ष्य प्राप्त गर्न धेरै कडा परिश्रम गर्नुपर्‍यो। त्यसैले यो धेरै ठुलो सम्झौता हो।’ साथै ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा पनि लेखेका छन्, ‘इरानसँगको वार्ता इरानी नेतृत्वको उच्चतम स्तरमा पुगेको र अनुमोदन प्राप्त भएको कुरालाई ध्यानमा राख्दै संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिका रूपमा मैले बिहीबार साँझ इरानविरुद्ध गर्ने भनिएको योजनाबद्ध आक्रमण र बम विस्फोट रद्द गरेको छु। वार्ता र अन्तिम बुँदा सम्बन्धित सबै पक्षले अनुमोदन गरेका छन्।’

यसैबिच इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले भने अहिलेसम्म कुनै निर्णय नभएको बताएका छन्। देशको सरकारी टीभीमा उनले भनेका छन्, ‘सम्झौतासम्बन्धी रिपोर्ट केवल अनुमान हुन् र अहिलेसम्म केही निर्णय भएको छैन।’अमेरिका र इजरायलले गत फेब्रुअरी २८ मा इरानमा ठुलो आक्रमण गरी युद्ध सुरुवात गरेका थिए।

जवाफमा इरानले इजरायल र खाडीस्थित अमेरिकाका सहयोगी देशहरूविरुद्ध आक्रमण गर्दा मध्यपूर्वभरि द्वन्द्व फैलिएको छ। साथै इरानले तेल र ग्यास आपूर्तिका लागि विश्वकै एक महत्त्वपूर्ण समुद्री मार्ग होर्मुज स्ट्रेट पनि बन्द गराएको छ।

गत अप्रिलमा अमेरिका र इरानले युद्धविराम घोषणा गरे पनि हालै फेरि दुई देशबिच हानाहान सुरु भएको हो।

Agni

सम्बन्धित खवर