वि.सं.२०८२ फागुन २० बुधवार
Dish Home Long Ad
रुख ढल्दा एक महिलाको मृत्यु, एक घाइते
Prabhu Bank AD

कञ्चनपुर । कञ्चनपुरमा रुख ढलेर एक महिलाको मृत्यु भएको छ भने अर्की महिला घाइते भएकी छिन् । गएराति बेदकोट नगरपालिका– ३, पेतिलालका कुलबहादुर महताको घरमा रुख ढल्दा ५० वर्षीया शारदा महताको मृत्यु भएको छ भने ४० वर्षीया सीता महता घाइते भएकी हुन् ।

कञ्चनपुरका प्रहरी प्रवक्ता हेमबहादुर शाहीले घरछेउमै रहेको कुसुमको रुख कच्ची घरमा ढलेपछि शारदाको घटनास्थलमै ज्यान गएको र सीता घाइते भई महाकाली अस्पतालमा उपचार भइरहेको बताए । हावाहुरीविनै ढलेको रुखले महताको घरमा ब्रजपात मच्चिएको छ । शारदाको निधन र सीता घाइते भएसँगै घरपरिवार शोकमा डुबेका छन् ।

Prabhu Bank AD

सम्बन्धित खवर