वि.सं.२०८३ वैशाख १९ शनिवार
Dish Home Long Ad
नेकपाबाट हरिबोल गजुरेल र महेश्वर दाहालसहित सातनेता परे निष्कासनमा
Prabhu Bank AD

 

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले हरिबोल गजुरेल र महेश्वर दाहालसहित सात नेतालाई पार्टीबाट निष्कासन गरेको छ । उनीहरुलाई पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध पार्टी निर्देशन विपरीत उम्मेदवारी गर्दा गरेको तथा सो कार्यमा सघाएको आरोपमा कारबाही गरिएको सो पार्टीले जनाएको छ ।

पार्टीद्वारा जारी विज्ञप्तिमा भनिएको छ – ‘आगामी फागुन २१ गते हुन गइरहेको आम निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट आधिकारिक उम्मेदवार रहेका निर्वाचन क्षेत्रमा पार्टीको निर्णय र निर्देशनविपरित उम्मेदवार बनेका र त्यस्ता उम्मेदवारका प्रस्तावक, समर्थक तथा प्रचारक बनेका तपसिलका व्यक्तिहरूलाई पार्टी विधानको दफा १०६ बमोजिम अनुशासनको कारबाही गर्दै पार्टीबाट निष्कासन गरिएको जानकारी गराइन्छ ।’

कारबाहीमा पर्नेमा गजुरेलसहित, महेश्वर दाहाल (सिन्धुली), कुलप्रसाद केसी (दाङ), मेजर राई (उदयपुर),धर्मनाथ साह (सिराहा) , राजकुमारी साह (सिराहा), जिवछ साह (सिराहा) रहेका छन् । दाहालले सिन्धुली २ बाट र केसीले दाङ १ बाट उम्मेदवारी दिएका थिए ।

Prabhu Bank AD

सम्बन्धित खवर