काठमाडौ । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को परीक्षा केन्द्र निर्धारण सम्बन्धमा राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको ‘परीक्षा नियन्त्रण कार्यालय, कक्षा १०’ ले देशभरका शिक्षा विकास तथा समन्वय एकाइलाई ९ बुँदे निर्देशन दिएको छ।
एसईई २०८२ को परीक्षा केन्द्र निर्धारणका सम्बन्धमा विभिन्न जिल्लाबाट सोधनी भएपछि ‘परीक्षा नियन्त्रण कार्यालय, कक्षा १०’ ले देशका सबै शिक्षा विकास तथा समन्वय एकाइलाई नौबुँदे निर्देशनसहित पत्र पठाएको हो।
विगतका वर्षमा परीक्षा केन्द्र निर्धारण तथा परीक्षा केन्द्रमा हाजिरी, उत्तरपुस्तिका व्यवस्थापनलगायतका विषयमा त्रुटि हुँदा नतिजा प्रकाशनमा समस्या तथा केही परीक्षार्थीको नतिजा अवरुद्धसमेत भएकाले परीक्षा केन्द्र निर्धारण गर्दा माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०६८ मा भएका व्यवस्था कडाइका साथ लागु गर्न र गराउन पुस मसान्तसम्म केन्द्र निर्धारण गर्न ‘परीक्षा नियन्त्रण कार्यालय, कक्षा १०’ ले शिक्षा विकास तथा समन्वय एकाइहरूलाई निर्देशन दिएको छ।
यस्तो छ एसईईको परीक्षा केन्द्र निर्धारणबारे नौबुँदे निर्देशन ः



