वि.सं.२०८३ जेठ ११ सोमवार
Dish Home Long Ad
सुनसरीमा किन चल्यो गोली ? एक सिटी चालकको मृत्यु
Prabhu Bank AD

 

काठमाडौं । सुनसरीमा गोली लागेर एक जनाको मृत्यु भएको छ। सशस्त्र प्रहरी बेस क्याम्प बीओपी लौकही नजिकै गोली लागेर एक जनाको मृत्यु भएको हो। सशस्त्र प्रहरीका अनुसार गोली लागेर कोशी गाउँपालिका–१ का ४५ वर्षीय विजय साहको मृत्यु भएको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेको दुई वटा अटो सिटी सफारी चेकजाँच गर्न खोज्दा एउटा अटोमा सवार व्यक्तिले गोली चलाएपछि प्रहरीले जवाफी फायर गरेको खुलेको छ । सशस्त्र प्रहरी स्रोतका अनुसार एसएलआरबाट पाँच राउन्ड गोली चल्दा सिटी चालक लौकलीका अन्दाजी ४५ वर्षीय विजयको घटनास्थलमै मृत्यु भएको हो ।

सिटी चालकको मृत्यु भएपछि उक्त स्थानमा सयौंको संख्यामा सर्वसाधारण जम्मा भएका छन् । स्थानीयको भीड बढेपछि प्रहरीले घटनास्थल नियन्त्रणमा लिन रिजर्भ टोलीले दुई सेल अश्रु ग्यास फालेर तितरवितर पारेको छ ।

प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ।

 

Prabhu Bank AD

सम्बन्धित खवर

ताजा अपडेट

लाेकप्रिय