वि.सं.२०८३ जेठ ११ सोमवार
Dish Home Long Ad
श्रीलंकाको बाटोमा नेपाल, मुद्रास्फिति ८.५६ प्रतिशत पुग्यो
Prabhu Bank AD

काठमाडौं । अघिल्लो वर्षको तुलनामा महंगी दोब्बरभन्दा बढीले बढेको छ। २०७९ जेठ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ८.५६ प्रतिशत पुगेको हो।

राष्ट्रबैंकको तथ्यांकअनुसार अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४।१९ प्रतिशत रहेको थियो। गत वैशाखमा उपभोक्ता मूल्यवृद्धि ७.८७ प्रतिशत रहेकामा जेठमा आइपुग्दा ८.५६ प्रतिशत पुगेको हो।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.४३ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ९.४४ प्रतिशत रहेको छ।

२०७९ जेठ मसान्तसम्म वार्षिक विन्दुगत मासिक औसत मुद्रास्फीति ६.०९ प्रतिशत रहेको छ। २०७८ जेठ महिनाको तुलनामा २०७९ जेठ महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यू तथा तेल २२।६० प्रतिशत, दुग्ध पदार्थ तथा अण्डा ११।२२ प्रतिशत, सुर्तीजन्य पदार्थ ९।७० प्रतिशत, मदिराजन्य पेय पदार्थ ९.६८ प्रतिशत र दाल तथा गेडागुडी उपसमूहको मूल्यवृद्धि र ९.१३ प्रतिशत रहेको छ।

गैर–खाद्य तथा सेवा समूहअन्तर्गत यातायात २५.७९ प्रतिशत, शिक्षा ११.६४ प्रतिशत, फर्निसिङ्ग तथा घरायसी उपकरणहरु ८.३० प्रतिशत, मनोरञ्जन तथा संस्कृति ८.२१ प्रतिशत र घरायसी उपयोगका वस्तुहरु ७.८४ प्रतिशत रहेको छ।

समीक्षा महिनामा काठमाडौं उपत्यकामा ८.३२ प्रतिशत, तराईमा ८.२९ प्रतिशत, पहाडमा ९.२८ प्रतिशत र हिमालमा ८.९२ प्रतिशत मुद्रास्फीति रहेको छ। २०७८ जेठमा यी क्षेत्रहरुमा क्रमशः ३.८७ प्रतिशत, ४.४७ प्रतिशत, ४.३२ प्रतिशत र १.७२ प्रतिशत मुद्रास्फीति रहेको थियो।

Prabhu Bank AD

सम्बन्धित खवर

ताजा अपडेट

लाेकप्रिय