काठमाडौँ । नेपाल नर्सिङ सङ्घको आह्वानमा नर्सहरूले विरोध प्रदर्शन गरेका छन् । शुक्रबार सरकारी नर्स सरहको सेवा सुविधा पाउनुपर्ने लगायतका माग राखेर उनीहरुले विरोध प्रदर्शन गरेका हुन् ।
सोही क्रममा मिनभवनस्थित सिभिल अस्पतालका नर्सहरूले आज अत्यावश्यक सेवा बाहेकका नर्सिङ सेवा २ घण्टा बन्द गरेर विरोध प्रदर्शन गरेका छन् ।
सङ्घले पुनः पेस गरेको माग पुरा गर्ने सम्बन्धमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यदल गठन गरेको छ । उक्त कार्यदलको कार्यअवधि छठ पर्वपछि ७ दिन रहेको छ । शान्तिपूर्ण प्रदर्शन देशका अन्य अस्पतालमा समेत भइरहेको सङ्घले जनाएको छ ।

