वि.सं.२०८३ जेठ ११ सोमवार
Dish Home Long Ad
युक्रेनको हिरासतमा रहेका दुई नेपालीलाई आज नेपाल फर्काइँदै
Prabhu Bank AD

 

युक्रेनको हिरासतमा रहेका दुई नेपालीलाई आज (शुक्रबार) अपराह्न नेपाल फर्काइँदैछ। परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै युक्रेनको सीमामा हिरासतमा रहेका रौतहटका जयप्रकाश साह र बागलुङका सन्देश केसीलाई जर्मनीको बर्लिनस्थित नेपाली दूतावासको समन्वयमा उद्धार गरी स्वदेश फर्काउन लागिएको हो।

मन्त्रालयले विदेश यात्रा गर्दा सम्बन्धित मुलुकको अध्यागमनलगायत अन्य कानुनको पूर्ण पालना गर्न भनेको छ।

सम्बन्धित मुलुकको कानुन उल्लंघन गर्दा अवज्ञा वा बेवास्ता गर्दा पक्राउ पर्ने र लामो समयसम्म थुनामा बस्नुपर्ने अवस्था आउने तथा ज्यान जोखिममा पर्ने भन्दै मन्त्रालयले सजग गराएको छ।

उनीहरूको उद्धारमा युक्रेनको सीमा सुरक्षा सेवा कार्यालय, गैरआवसीय नेपाली संघ जर्मनी र सरोकारवाला निकायले सहयोग गरेको परराष्ट्रले जनाएको छ।

 

Prabhu Bank AD

सम्बन्धित खवर

ताजा अपडेट

लाेकप्रिय