वि.सं.२०८३ जेठ १६ शनिवार
Dish Home Long Ad
जेनजी आन्दोलनमा ज्यान गुमाएका शहीदहरुको शवयात्रा
Prabhu Bank AD

 

 

काठमाडौं । जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूको नगर परिक्रमासहित शवयात्रा शिक्षण अस्पतालबाट पशुपतितर्फ सुरू भएको छ। शवयात्रा टिचिङ अस्पतालबाट महाराजगन्ज, चाबहिल हुँदै पशुपति आर्यघाटसम्म पुग्नेछ । सयौं युवाहरू मोटरसाइकलसहित निस्किएका छन् ।

१० जनाको शव र्‍यालीसहित लगिएकोमा ६ जनाको शव हेलिकप्टरमा काठमाडौं बाहिर लगिने भएको छ । चारजनाको पशुपतिमा अन्त्येष्टि गरिनेछ ।
सरकारले आन्दोलनमा मृत्यु हुनेलाई राष्ट्रिय झण्डा ओढाई राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरिसकेको छ ।

जेनजीको आन्दोलन हिंसात्मक बन्दा ७२ जनाको मृत्यु भएको छ । तीमध्ये धेरैजसो गोली लागेका र केही जलेको अवस्थामा भेटिएकाहरू छन् ।

Prabhu Bank AD

सम्बन्धित खवर