वि.सं.२०८३ जेठ २० बुधवार
Dish Home Long Ad
चक्रपथमा निजी स्कुलका बसको र्‍याली प्रदर्शन
Prabhu Bank AD

 

काठमाडौँ । निजी विद्यालय सञ्चालकहरूले आज काठमाडौँ चक्रपथमा स्कुल बसको र्‍याली प्रदर्शन गरेका छन् । प्याब्सन, नेशनल प्याब्सन, हिसान, अपेन र एनएमएले संयुक्त रूपमा काठमाडौँ उपत्यकाको चक्रपथमा र्‍याली निकालेका हुन् ।

चक्रपथको एक लेनमा निजी विद्यालयका बसको लाइन देखिएको छ । विद्यालय शिक्षा विधेयकबाट ‘पूर्ण छात्रवृत्ति’ र ‘क्रमशः गैरनाफामूलक बनाउने’ भन्ने शब्द हटाउन माग गर्दै उनीहरू आन्दोलित भएका हुन्

शिक्षा समितिबाट पारित भएको विधेयक सच्याउन निजी विद्यालय सञ्चालकहरूले सरकारलाई दबाब दिइरहेका छन् । केही दिनअघि पनि प्याब्सन, नेशनल प्याब्सन, हिसान, अपेन र एनएमएले सडकमा स्कुल बस निकालेर विरोध जनाएका थिए ।

Prabhu Bank AD

सम्बन्धित खवर