काठमाडौं । एक दिवसीय श्रृंखला अन्तर्गतको तेस्रो म्याचमा अष्ट्रेलियाले साथ अफ्रिकाविरुद्ध रनको वर्षा गरेको छ । घरेलु मैदानमा कीर्तिमान रच्दै अष्ट्रेलियाका तीन ब्याट्सम्यानहरुले शतक प्रहार गरे ।
५० ओभरको खेलमा अष्ट्रेलियाले २ विकेट मात्र गुमाएर ४३१ रनको पहाड खडा गरेको छ । ओपनर जोडी ट्राभिस हेड र कप्तान मिचेल मार्सले दोहोरो शतकीय साझेदारी गरे । उनीहरु दुवैले व्यक्तिगत शतकसमेत पूरा गरेका थिए ।
हेडले विष्फोटक ब्याटिङ गर्दै १०३ बलमा १४२ रन जोडेका छन् । मार्सले १०६ बलमा शतक बनाएर आउट भए । ओपनरहरु फर्किएपछि पनि रनको रफ्तार रोकिएन । तेस्रो नम्बरमा आएका क्यामरुन ग्रिन र एलेक्स क्यारीले आक्रमणलाई निरन्तरता दिए । ग्रीनले हेडको ब्याटिङलाई पनि बिर्साउँदै ५५ बलमा ११८ रन हाने । उनले केवल ४७ बलमा शतक पूरा गरेका थिए । उनी कम बलमा सतक हान्ने अष्ट्रेलियन ब्याट्सम्यानको सूचीमा ग्लेन म्याक्सवेलपछि दोस्रो स्थानमा उक्लेका छन् । आजको इनिङमा उनले ८ छक्का र ६ चौका प्रहार गरे ।
यस्तै, एलेक्स क्यारिले ३७ बलमा अर्धशतक पूरा गरेर अविजित रहेका छन् । अष्ट्रेलियाले आज बनाएको स्कोर एक दिवसीयमा उसको दोस्रो ठूलो हो । यसअघि साउथ अप्रिकाविरुद्ध नै अष्ट्रेलियाले ४३४ रन हानेको थियो, तर म्याच हारेको थियो ।

