वि.सं.२०८३ जेठ २० बुधवार
Dish Home Long Ad
डल्लुस्थित झलनाथ निवासमा वामपन्थी पार्टीहरूबीच एकताबारे छलफल
Prabhu Bank AD

 

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल निवासमा विभिन्न वामपन्थी पार्टीका नेता छलफलमा जुटेका छन् । डल्लुस्थित उनको निवासमा कम्युनिष्टहरूबीचको एकता र समसामयिक राजनीतिक विषयमा छलफल भएको हो ।

छलफलमा नेकपा (एकीकृत समाजवादी) पार्टीबाट नेता खनालसहित स्थायी कमिटी सदस्य साध्यबहादुर भण्डारी, केन्द्रीय सदस्य केदार सन्जेल र रामेश्वर श्रेष्ठ सहभागी छन् भने अन्य वाम पार्टीकोतर्फबाट अखिल नेपाल कम्युनिस्ट पार्टीका नेता नारायण शर्मा, अखिल नेपाल कम्युनिस्ट पार्टीका नेता लक्ष्मण उप्रेती, क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेता सन्तबहादुर नेपाली र रामबहादुर बुढा लगायतका वामपन्थी नेताहरू सहभागी छन् ।

नेकपा एकीकृत समाजवादीका नेताहरूले पछिल्लो समय वामपन्थी एकताका लागि छलफल चलाइरहेका छन् । अध्यक्ष माधव नेपालको नेतृत्वमा माओवादी केन्द्रसहित अन्य वामपन्थी घटकहरूबीच पनि निरन्तर छलफल भइरहेको छ ।

Prabhu Bank AD

सम्बन्धित खवर