प्रहरीले यसअघि साउन २३ गते पशुपति आर्यघाटको २ नम्बर चितामा जलाउँदै गरेको शवको हड्डी निकालेको आरोपमा काभ्रेको मण्डनदेउपुर ५ घर भई काठमाडौँको गौरीघाट बस्ने गणेशप्रसाद ढकाल भन्ने जीवनाथ ढकाल र उदयपुरको कटारी नगरपालिका ८ घर भई गोठाटार बस्ने २४ वर्षका विनायक मैनालीलाई पक्राउ गरेको थियो।
उनीहरूले जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट ७ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ। ५ सय रुपैयाँमा जलाउँदै गरेको शवको हड्डी बेचेको स्वीकारेका छन्।

