वि.सं.२०८३ जेठ ११ सोमवार
Dish Home Long Ad
गाजामा कुपोषण खतरनाक स्तरमा पुगेको र अझै बढ्नसक्ने डब्लुएचओको चेतावनी
Prabhu Bank AD

 

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले गाजामा कुपोषण खतरनाक स्तरमा पुगेको र अझै बढ्ने चेतावनी दिएको छ ।
डब्लुएचओले यो चेतावनी गाजामा हवाई मार्गबाट सहायता सामग्री पुर्‍याउन थालिएपछि दिएको हो ।

जोर्डनले संयुक्त अरब इमिरेट्स यूएईसँग मिलेर गाजामा २५ टन सहायता सामग्री खसालेको बताएको छ । यता इजरायलले गाजाका केही क्षेत्रमा हरदिन १० घण्टाका लागि सैन्य अभियान रोक्ने र संयुक्त राष्ट्र (यूएन) का तर्फबाट सहायता सामग्री पठाउनका लागि करिडोर खोल्ने बताएको छ ।

गाजामा ‘जानीबुझेर भोकमरीको झुटो दाबी’को खण्डन गर्नका लागि यस्तो निर्णय गरेको इजरायलको भनाइ छ । यता हमासले यस विषयमा आफ्नो छवि खराब गर्ने प्रयास गरेको आरोप लगाएको छ ।

Prabhu Bank AD

सम्बन्धित खवर

ताजा अपडेट

लाेकप्रिय